२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

चप्पल गोदाममा आगलागी, एक घाइते

शुक्रवार , माघ २८, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • तुल्सीपुर, २८ माघ ।
    दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी भएको छ । आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ भने एक व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । 

    विद्युतको मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।  गएराति २ बजेदेखि आगलागी भएकामा बिहान साढे ५ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

    क्षतिको विवरण अझै आउन सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइरहेका छन् । रासस