बिहिवार , माघ २७, २०७८
बुटवल, २७ माघ ।
लुम्बिनी प्रदेशकी श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेंगामगरले बुटवलको जितगढीस्थित ट्रायल सेन्टरको स्थलगत अनुगमन गरेकी छन् । मन्त्री ढेंगाले बिहीबार बुटवलको जितगढीमा निर्माणाधीन यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमति कार्यालय तथा ट्रायल सेन्टरको स्थलगत अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा मन्त्री ढेँगाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने क्रममा कुनै गुनासो भए सिधै आफुलाई तथा मन्त्रालयमा खबर गर्न सेवाग्राहीहरुलाई आग्रह गरिन् । सेवाग्राहीले सहज र छिटोछरितो रुपमा सेवा प्राप्त गर्न पाउन् भन्ने उद्देश्यले संघीयता आएको भन्दै मन्त्री ढेंगाले त्यसको लाभ प्रदेशका जनताहरुले लिन पाउनुपर्नेमा जोड दिइन् ।
प्रदेश सरकारले जितगढीमा निर्माण गरेको अन्तर्राष्ट्रिय मापदण्डसहितको ट्रायल सेन्टरबाट केही दिन अघिदेखि लाइसेन्सको ट्रायल लिन सुरु भएको छ । अनुगमनमा मन्त्रीसहित मन्त्रालयका कर्मचारी तथा पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij