२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

महालक्ष्मी लाइफ इन्स्योरेन्सले मनायो तेस्रो वार्षिकोत्सव

बिहिवार , माघ २७, २०७८

भैरहवा, २७ माघ । 
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड भैरहवा शाखाले तेस्रो वार्षिकोत्सब भैरहवामा मनाएको छ । वार्षिकोत्सवका अवसरमा भैरहवामा आयोजित कार्यक्रममा बोल्दै एरिया ब्रान्च म्यानेजर अमरदिप गुप्ताले छोटो अवधिको बीमा पोलिसीमा पनि उत्कृष्ट बोनस दर र प्रिमियम समेत कम पर्ने भएको हुनाले महालक्ष्मी लाइफ इन्स्योरेन्स धेरैको रोजाइमा पर्न सफल भएको बताए ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी भैरहवा शाखा प्रमुख अजय त्रिपाठीले छोटो समय अवधिमा धेरै अभिकर्ता र उत्कृष्ट व्यवसाय गरेको बताए । 

इन्स्योरेन्सले भैरहवा, बर्दघाट, परासी, लुम्बिनीअन्तर्गत भैरहवा शाखाबाट माघ महिनामा उत्कृष्ट व्यवसाय गरेका एजेन्सी म्यानेजर शशि पन्थीलाई सम्मान गरेको छ । त्यसै गरी वार्षिकोत्सबका अवसरमा बीमालेख गराउन सफल भएका शशि पन्थी, त्रिलोकीनाथ गुप्ता, विवेक त्रिपाठी र जितनारायण अग्रहरीलाई सम्मान समेत गरेको छ ।