
सोमवार , कार्तिक ३, २०७७
भैरहवा, ३ कार्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्समा भएको आगलागि नियन्त्रणमा आएको छ ।
बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैनाको दमकलले आगो निभाएका हुन् ।
लु २ ख १५४१ नम्बरको टंयाकरबाट पेट्रोल पम्पमा पेट्रोल खनाउने क्रममा सोमबार राति करिब साढे ७ बजे आगलागि भएको थियो । पेट्रोल पम्पमा लिटर इन्धन खनाउन सुरु गर्नासाथ आगलागि भएको थियो । आगलागिबाट टंयाकर जलेर पूर्ण रुपमा क्षति भएको छ । घटनास्थलमा प्रहरी खटिएको छ । त्यस्तै आगलागि भएको स्थानमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी पुगेर निरीक्षण गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij