२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

डिष्ट्रिक ३२५ पी को गभर्नरमा नवराज न्यौपानेले दिए उम्मेदवारी

बिहिवार , माघ २७, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, २७ माघ ।
    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी (प्रस्तावित) को डिष्ट्रिक गभर्नर पदका लागि पीएमजेएफ नवराज न्यौपानेले उम्मेदवारी दिएका छन् । बिहीबार भैरहवास्थित लायन्स क्लब अफ सिद्धार्थनगर सचिवालयमा उनले मनोनयन पत्र दर्ता गराएका हुन् । विगत लामो समयदेखि लायन्स क्लबमा क्रियाशिल उनी लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष हुन् । न्यौपानेले हाल लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नरको जिम्मेवारी सम्हालेका छन् । 

    त्यस्तै फस्ट भाइस डिष्ट्रिक गभर्नरमा एफजेएफ अर्जुनमान सैंजुले उम्मेदवारी दिएका छन् । उनी लायन्स क्लब अफ बुटवलका पूर्वअध्यक्ष हुन् ।

    आगामी फागुन ७ गते चितवनमा हुने डिष्ट्रिक कन्भेन्सन हुने नोमिनेशन मेम्बर तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापाले बताए ।

    मनोनयन दर्ता कार्यक्रममा पाष्ट डिष्ट्रिक गभर्नर महेन्द्र नारायण श्रेष्ठ, लायन्सका अगुवाहरु निर्मल लाकौल, उमंग देवकोटा, दीपक क्षेत्री न्यौपाने, लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष नेत्र प्रसाद आचार्य लगायतले बोलेका थिए ।

    त्यस्तै सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पदमा माघ २४ गते नै डिष्ट्रिक को–चिफ एडभाइजर पुरुषोत्तम भक्त प्रधानाङ्गले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

    सेकेण्ड भाइस डिष्ट्रिक गनर्भर पदमा उमंग देवकोटाले उम्मेदवारी दिने चर्चा चले पनि उनले उम्मेदवारी दर्ता गराएका छैनन् । देवकोटाले भने, ‘सर्वसम्मत रुपमा अघि बढ्ने भनिए पनि त्यसो हुन सकेन, त्यसलै मैले उम्मेदवारी दर्ता गराउन सकिन् ।’

    यता डिष्ट्रिक गनर्भर पदका उम्मेदवार नवराज न्यौपानेले उम्मेदवारी दिने व्यक्तिको अधिकार भएको बताए । उनले भने, ‘उम्मेदवारी दर्ता गर्न सकिन्छ, उम्मेदवारी दर्ता भएपछि पनि सहमति सहकार्य गरेर विगतमा पनि सर्वसम्मत नेतृत्व चयन भएकै छ ।’