२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

स्थानीय मानव बेचबिखन नियन्त्रण समितिसंगको वार्षिक समीक्षा

बिहिवार , माघ २७, २०७८

भैरहवा, २७ माघ ।

स्थानीय मानव बेचबिखन नियन्त्रण समितिसंगको वार्षिक समीक्षा र योजना बैठक भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा माइती नेपाल रुपन्देहीको समन्वय र सहकार्यमा भएको बैठक दुई दिनसम्म चलेको थियो ।

हाम्रो सम्मान परियोजनाको सहयोगमा भएको बैठकमा यस क्षेत्रमा एक वर्षसम्म भएका गतिविधिको बारेमा माइती नेपालका भैरहवा संयोजक माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् ।

बैठकमा नगरपालिका जनप्रतिनिधि, शाखा प्रमुखहरु, वडा सचिवहरु लगायतको सहभागिता रहेको थियो । बैठकमा सिद्धार्थनगर नगरपालिकामा कार्यविधि २०७७ बनेको नगरस्तरीय समिति गठन तथा वडा समिति गठन भएको बताइएको थियो ।

मानवबेचविखन तथा ओसारपसार नियन्त्रण र लैगिंक हिंसाविरुद्ध बैठकमा वडास्तरमा गर्न सकिने योजना पनि बनेको छ ।

नगरप्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको बैठकमा उपप्रमुख उमा काफ्ले, वडा अध्यक्षहरु रमेश मल्ल, थानेश्वर पौडेल, शेषकान्त भण्डारी, दिलिप यादव, करुञ्जन श्रेष्ठ, वडा सचिव रामलाल भुषाल, शिक्षा शाखा अधिकृत जान्वी पाण्डे, वडा सदस्य राजेन्द्रसिंह खड्का लगायतले बोल्दै सबैले हरेक ठाउँबाट टोलटोलमा चेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए ।