२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

‘हिरोज अफ पब्लिक अवार्ड–२०७८’ बाट ११ जना सम्मानित हुने

बुधवार , माघ २६, २०७८


भैरहवा, २६ माघ ।
रुपन्देही युवा समूहले विभिन्न विधामा ११ जनालाई सम्मान गर्ने भएको छ । समूहले ‘हिरोज अफ पब्लिक अवार्ड–२०७८’ बाट ११ जनालाई सम्मान गर्ने भएको हो । आगामी फागुन २८ गते भैरहवामा कार्यक्रम गरी सम्मान गरिने समूहका अध्यक्ष विशाल गुप्ताले बताए । 

राजनीति, उद्योग/व्यवसाय, सामाजिक, सञ्चार, शिक्षा, स्वास्थ्य, चलचित्र र खेलकुद क्षेत्रमार्फत योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्न थालिएको गुप्ताले जानकारी दिए । ‘विभिन्न क्षेत्रमार्फत रुपन्देहीलाई चिनाउन योगदान ‍पुर्‍याउनुभएका ११ जनालाई सम्मान गर्दैछौं, ’उनले भने । त्यस्तै एक जनालाई यस वर्षको उत्कृष्ट युवा अवार्डबाट सम्मान गरिने गुप्ताको भनाइ छ ।

समूहले आयोजना गरेको यो कार्यक्रम तेस्रो संस्करण हो । समूहले पहिलो पटक २०७६ मा हिरोज अफ पब्लिक अवार्डबाट विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो । समूहमा २ सय बढी सदस्य आबद्ध रहेको संस्थापक आनन्द प्रसाद गुप्ताले बताए । समूहले सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको उनले बताए ।