बुधवार , माघ २६, २०७८
पाल्पा, २६ माघ। पाल्पा–तम्घास सडकखण्डको जोर्ते क्षेत्रमा सडक मर्मत गरिने भएको छ।
उक्त सडक १५ दिनसम्म मर्मत गरिने भएको हो। सडक फराकिलो बनाउनका लागि यही माघ २८ देखि फागुन १३ गतेसम्म बिहान ९ देखि अपरान्ह् ३ः३० बजेसम्म सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।
सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालका अनुसार ढुङ्गा कटान गरी सडकमा राख्नुपर्ने भएकाले दिउँसो यातायातका साधन सञ्चालनमा समस्या भए पनि साँझ–बिहान सडक खुला रहने छ। प्रदीप साइन जेभी बुटबलले सडक फराकिलो बनाउन थालेको छ। चट्टान कटान गरी सडक चौडा बनाउन थालिएको लम्सालले बताए।रासस
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij