बुधवार , माघ २६, २०७८
भैरहवा, २६ माघ ।
प्रहरीले भैरहवाबाट अवैध चिनी बरामद गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले मंगलबार सिद्धार्थनगर नगरपालिका–४ स्थित उद्योगपुरीबाट चिनी बरामद गरेको छ । उद्योगपुरीस्थित सृष्टि गल्ला भण्डारबाट १ लाख ८७ हजार ८० रुपैयाँ मूल्य बराबरको ५३ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भारतबाट अवैध रुपमा राजस्व छलेर ल्याइ नेपाली बोरामा पल्टी गरी गोदाममा भण्डार गरिराखेको अवस्थामा फेला पारी बरामद गरेको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए । बरामद गरिएको चिनी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको डीएसपी पौडेलले जानकारी दिए । त्यस्तै उक्त गल्ला भण्डारबाट बोरा सिलाउने मेशिन र खाली ४ वटा बोरा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij