२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रुपन्देही ट्राफिक प्रमुख भन्छन्–तोकेभन्दा बढी भाडा लिए ‘अन द स्पट’ कारवाही हुन्छ

सोमवार , कार्तिक ३, २०७७

भैरहवा, ३ कार्तिक ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक दिवश बहादुर जि.सी.ले सरकारले तोकेभन्दा बढी भाडा लिने सार्वजनिक यातायातलाई ‘अन द स्पट’ कारवाही गरिने बताएका छन् । उनले चाडपर्वमा यात्रुसंग तोकेभन्दा बढी भाडा लिएको पाइए तत्काल जरिवाना तिराउने बताए । 

सोमबार ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकारसंग परिचयात्मक कार्यक्रममा बोल्दै जि.सी.ले भने, ‘बढी भाडा लिन पाइँदैन, यसबारे यातायात व्यवसायीहरुलाई पनि भनिसकेका छौं,  चाडपर्व लक्षित योजना बनाइएको छ, हेल्प डेस्क समेत स्थापना गरिएको छ, कोभिड–१९ को रोकथामको लागि सार्वजनिक यातायातमा आवश्यक स्वास्थ्य सामाग्रीहरु राख्नुपर्छ ।’

आफुले रुपन्देहीको ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेपछि पहिलो प्रयास स्वरुप भैरहवामा तीन वटा डमी राखेको उनले बताए । सिद्धार्थनगरमा समस्याको रुपमा रहेको छाडा छाडा चौपायाको व्यवस्थापन अत्यन्तै आवश्यक रहेकोले यसबारे नगरपालिकासंग समन्वय गरेर अगाडी बढ्ने उनको भनाइ छ ।

‘सर्भिस लेनमा पार्किङ गरेको पाइएको छ, तर नियमानुसार सर्भिस लेनमा पार्किङ गर्न पाइँदैन, घण्टौसम्म पार्किङ गरेर राख्दा यसले ट्राफिक व्यवस्थापनमा समेत समस्या हुन्छ, जि.सी.ले भने ।’

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका सह–सचिव कमल रायमाझीले तीव्र गतिका कारण दुर्घटना बढिरहेकोले यसतर्फ ट्राफिक प्रहरीको ध्यान जानुपर्ने बताए । उनले सीमा क्षेत्रमा ट्राफिक जामको समस्या रहेको बताए ।
लु

लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले सिद्धार्थनगर नगरपालिकामा वैकल्पिक पार्किङस्थलको आवश्यकता रहेकोमा जोड दिए ।

क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, उपाध्यक्ष नरेश के.सी., महासचिव सम्झना शर्मा, पत्रकार शम्भु पन्त र राधेश्याम विश्वकर्माले नगरपालिकामा मुख्य समस्याको रुपमा रहेको छाडा चौपायाका  कारण दुर्घटनाको जोखिम रहेकोले यसको व्यवस्थापनको आवश्यकता रहेको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब निरीक्षक नारद कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।