२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

स्कूल झोला र प्याड दिएर मनाए सैनामैनाका भोजराजले आफनो जन्मदिन

सोमवार , माघ २४, २०७८

सैनामैना, २४ माघ ।
रुपन्देहीको सैनामैनामा बस्ने भोजराज भण्डारीले आफनो जन्मदिन फरक तरिकाले मनाएका छन् । विभिन्न सामाजिक संस्थामा क्रियाशिल भोजराजले आफनो जन्मदिन नजिकका स्कूल तथा क्याम्पसमा शैक्षिक ब्याग र छात्राले प्रयोग गर्ने प्याड सहयोग गरी मनाएका छन् ।

भण्डारीले सैनामैना वडा नम्बर ६ स्थित जनकल्याण माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १० जना आर्थिक कमजोर तथा जेहेन्दार विधार्थीहरुलाई १० थान झोला र सहिद नारायण पोख्रेल रामापुर क्याम्पसरमा अध्ययन गर्ने छात्राहरुलाई एक सय पिस प्याड दिएका हुन । 

करिब २० हजार बराबरको सो सामग्री वितरण गरेका हुन् । जन्मदिनको अवसरमा फर्जुल खर्च गर्नु भन्दा शैक्षिक क्षेत्रमा गरेको सहयोगले मेधावी विधार्थी उत्पादन हुनेमा जोड भोजराजले दिए ।