२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

पार्टीभित्र कसैको पनि असन्तुष्टि छैन : अध्यक्ष  लिङ्देन

आइतवार , माघ २३, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दावी गरेका छन् । 

    आइतबार काठमाडौंमा पार्टीका २४ जना मनोनित पदाधिकारीलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई बलियो र एकतावद्ध बनाउदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बतएका हुन् ।

    उनले निवर्तमान अध्यक्ष कमल थापासंग धेरै बिषयमा छलफल भएको र छलफलका क्रममा देखिएका केहि बिषयलाई चाडैं टुङ्गोमा पुराइने धारणा राखे । राप्रपाका कार्यकर्ता र शुभेच्छुकलाई निराश नवनाउने भन्दै उहाले चाडै सकारात्मक सन्देश प्रभाह गर्ने बताए ।

    अध्यक्ष लिङ्देनले उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री गरि २४ जनालाई मनोनित गरेका थिए ।