२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

कृपा पौडेल भइन् ‘सारेगमप लिटल च्याम्प’को विजेता

आइतवार , माघ २३, २०७८

काठमाडौँ। सारेगमप लिटल च्याम्प नेपालको पहिलो उपाधि झापाकी कृपा पौडेल जितेकी छन् ।

अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पारेकी पौडेलले उपाधीसंगै नगद १६ लाख जितेकी छन् । नेपालको सर्वाधिक चर्चीत गायन रियालिटी शोको फस्ट रनरअप पनि झापाकी रोशा फुयाल, दोस्रो रनरअपभारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन् । पहिलो र दोस्रो रनरअपले क्रमश सिद्दार्थ वैकका तर्फबाट ४ लाख र ३ लाख प्राप्त गरेका छन् ।

नोवर्डी प्रोडक्सनले भारतको जी ग्रुपसंग फ्रेन्चाइजी लिएर नेपाल भित्राएको रियालिटी सोको अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरे पनि उत्कृष्ट पुरस्कार जितेका छन् ।

कार्यक्रमको अन्तिम पाँच प्रतिस्पर्धीलाई ३र३ वटा गित रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वल्र्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था आयोजकले मिलाउने छ।

कार्यक्रमको डिजिटल र फिजिकल अडिसनमा देश विदेशका ३० हजार भन्दा वढी प्रतिस्पर्धी सहभागी भएका थिए । सहभागी मध्यवाट मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्राण्ड अडिसनमा ३५ जना र ग्राण्ड प्रिमियरमा १५ जना पुगेका थिए ।

कार्यक्रमको निर्णायकमा न्ह्यु बज्राचार्य, कालिप्रसाद बासकोटा र इन्दिरा जोशी रहेका थिए । त्यस्तै १५ जना चर्चित गायकहरु पनि ग्रान्ड जुरीका रुपमा भुमिकामा थिए । १६ बर्ष मुनीका बालबालिका मात्रै सहभागी हुन पाउने नेपालकै पहिलो रियालिटी शो विभिन्न चरणमा १८ हप्ता चलेको थियो ।

कार्यक्रममा नेपालका चर्चित व्यक्तित्वले प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा को बन्छ करोडपति सिजन २ र ठेट लोक दोहोरीको प्रोमो सार्वजनिक भएको थियो ।