२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

रुपन्देहीका तीन स्थानीय तहमा आजदेखि जग्गा नापजाँच सुरु

आइतवार , माघ २३, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • रुपन्देही, २३ माघ ।
    रुपन्देहीमा आइतबार (आज) देखि भूमिहीनको लागि जग्गा नापजाँचको काम सुरु हुने भएको छ । रुपन्देहीको सैनामैना, सिद्धार्थनगर र देवदह नगरपालिका सुरु हुन लागेको हो । राष्ट्रिय भूमि आयोग गठन रुपन्देहीका बसेको सर्वदलीय बैठकले आयोगलाई सहयोग गर्दै तीन नगरपालिका आइतबारदेखि नापजाँचको काम सुरु गर्ने निर्णय गरेको हो ।

    आइतबार तीनबटै नगरपालिकाहरुमा नापजाँचको काम गर्नको लागि प्राविधिक टोली खटाएको आयोगमा रुपन्देहीमा अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बताए ।

    भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने कार्य सुरु गर्न पहिलो चरणमा रुपन्देही तीन नगरपालिकाबाट सुरु गरिएको उनले बताए । नगरपालिकाले त्यसको लागि राष्ट्रिय भूमि आयोग केन्द्रीय कार्यालय काठमाडौ ताहचलमा सम्झौता गर्नुपर्ने हुन्छ ।

    सम्झौता गरेको गरेका स्थानीय तहमा नापजाँचको काम गर्ने मिल्ने प्रावधान रहेको छ । रुपन्देहीका अन्य १३ स्थानीय तहहरुले भने अहिलेसम्म केन्द्रमा सम्झौता गरेका छैन । अध्यक्ष क्षेत्रीले नाप जाँचपछि कानूनी प्रक्रिया पुर्याएर छिट्टै लालपूर्जा वितवरण गर्ने जानकारी दिए ।