शनिवार , माघ २२, २०७८
भैरहवा, २२ माघ ।
प्रहरीले जंगली बँदेलको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवा रुपन्देहीबाट खटिएको संयुक्त टोलीले रोहिणी गाउँपालिका–७ स्थित पिप्रहियाबाट तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–५ का ३५ वर्षिय ३५ वर्षिय बुध्धु पासी, महाराजगंज (भारत) का ४५ वर्षिय पन्यालाल चमार र सोही स्थानका २७ वर्षिय अनिल चमार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए । ‘तीनजनाले लु १ ह १९५८ नम्बरको अटोरिक्सामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २५० किलो अन्दाजी मूल्य दुईलाख बराबरको पाँच वटा टाउको नभएको जंगली बँदेल फेला पारी बरामद गरिएको छ, ’डीएसपी पौडेलले भने ।
तीनै जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बँदेलसहित डिभिजन वन कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij