२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

टावरमा समस्या आएपछि गौतमबुद्ध विमानस्थल बन्द

शुक्रवार , माघ २१, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, २१ माघ ।
    भैरहवास्थित गौतमबुद्ध विमानस्थल बन्द भएको छ । शुक्रबार भएको वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङ्गको कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द भएको हो ।

    विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले शुक्रबार ४ बजे टावर नजिकै परेको चट्याङ्गका कारण टावरमा धुवाँ आएको बताए । टावरको तार चुडिएको र रन्वेको पापी (पीएपीआइ) लाइट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दाहालले बताए ।

    उनले भने, ‘समस्या आएको कारण विमानस्थल बन्द गरिएको छ, शनिबार (भोलि) पापीलाइट बने राती अवतरण हुनेछ, नभए भिओआर प्रविधिको प्रयोगबाट दिउँसो विमानस्थल सञ्चालनमा आउने सम्भावना छ ।”

    विमानस्थल बन्द भएपछि विमानस्थलमा रहेका यात्रु र भैरहवा आउने यात्रुहरु प्रभावित भएका छन् ।