२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

रुपन्देहीमा ६ लाख बढीको अवैध सामान बरामद

शुक्रवार , माघ २१, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २१ माघ ।
    रुपन्देही प्रहरीले ६ लाख बढीको अवैध सामान बरामद गरेको छ । प्रहरीले ६ लाख ७ हजार २ सय रुपैयाँ मूल्य बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाएको हो । जिल्ला प्रहरी कार्यालय तथा कार्यालयमातहत प्रहरी ईकाईहरुले आ–आफ्नो वडा एरियाहरुबाट अवैध सामान फेला पारी स्थानीय रोहवरमा बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देही, ईलाका प्रहरी कार्यालय रन्यौरा, लुम्बिनी, र मझगावाबाट खटिएको टोलीले शुद्धोधन गाउँपालिका–२ स्थित खड्क वनगाई, कोटहीमाई–३ मुर्दयाघाट, वडा नम्बर ५ बरदहवा चोक, लुम्बिनी सांस्कृतिक नगरपालिका–६ शिवगडिया, लोखडिया र सिद्धार्थनगर नगरपालिका–५ निर्वाणचोकबाट सामान बरामद गरेको हो ।

    बरामद गरिएका सामानमा ट्याक्टरसहित चिनी, युरिया मल, गाडीको विभिन्न किसिमको पार्टपुर्जा, काजु, बदाम, छोहडा, सुजी, टेन्ट कपडा, जिउँदो ब्रोइलर कुखुरा लगायत रहेका छन् । कुखुरा स्थानीयको रोहबरमा खाल्डो खनेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।