२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

सिडिओहरूलाई गृहमन्त्रीको फोन : शान्ति सुरक्षा कस्तो छ ?

बिहिवार , माघ २०, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, २० माघ ।
    गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्था लगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन् । उनले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका हुन् । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जानकारी लिएका हुन् ।

    फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनुपर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधपुछ गरेका थिए । उनले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोन वार्ता गरेका हुन् । 

    त्यसै गरी चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेश कुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर) तथा नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग कुराकानी गरेका हुन् । 

    कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिबेला पनि जानकारी राख्न सजक गराएको बताए । पर्साका प्रजिअ ढकालले गृहमन्त्री आफैले फोन गर्दा काम गर्ने हौसला मिलेको उल्लेख गरे । रासस