२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

कांग्रेसको संस्थागत विकासका लागि बागलुङमा ५० लाखको अक्षयकोष

बिहिवार , माघ २०, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • गलकोट, २० माघ ।

    नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तीव्रता दिएको छ।

    एक महिनादेखि आर्थिक संकलन अभियानमा जुटेकामा अहिलेसम्म २० लाख रुपैयाँ संकलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए।

    उनले व्यवस्थित कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, प्रत्येक सदस्यको अभिलेखीकरण, समाजिक सञ्जालमा अपडेट, नियमित बुलेटिन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पना, प्रभावकारी सञ्चार, प्रशिक्षण कार्यक्रम सञ्चालन, जनता र विकास जोड्ने अभियान सञ्चालन, भातृ तथा शुभेच्छुक र पार्टीका सबै तहसँग नियमित सम्पर्क तथा समन्वय र सहकार्यका लागि अक्षकोष स्थापना गर्न थालेको बताए। रासस