२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन

बुधवार , माघ १९, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौँ।  पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले काठमाडौको अस्कल क्याम्पस अगाडी प्रदर्शन गरेको छ । 

    तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्  । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेका थिए ।  पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएको छन् ।  

    नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।