२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

जेसीआई सिद्धार्थद्वारा खाद्यान्न सामग्री तथा नगद हस्तान्तरण

बुधवार , माघ १९, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १९ माघ ।
    जेसीआई सिद्धार्थ, नेपाल (सिद्धार्थ जेसीज)ले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ दुर्गानगरस्थित श्री दुर्गा सस्कृत वेद वेदाङ विद्यापिठलाई खाद्यान्न सामग्री तथा नगद हस्तान्तरण गरेको छ । संस्थाले वर्ष २०२२ को दोस्रो कार्यक्रम अन्तर्गत बुधबार विद्यापिठका अध्यक्ष चन्द्रमणि पौडेललाई खाद्यान्न तथा नगद हस्तान्तरण गरेको कार्यक्रम संयोजक राजु शर्माले बताए । कार्यक्रममा नगदसहित ३५ हजार बराबरको सामग्री हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

    जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२२ का अध्यक्ष कमल जि.सी.को अध्यक्षता, जेसीआई सिद्धार्थ वर्ष १९९४ का अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका सदस्य महेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, जेसीआई सिद्धार्थका उपाध्यक्ष आकाश पौडेलको आस्था पाठ तथा कोषाध्यक्ष सागर पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा जेसीआई सिद्धार्थ नेपालका पूर्व अध्यक्षहरु, पदाधिकारी, साधारण सदस्य, पर्यवेक्षक सदस्य लगायतको उपस्थिति रहेको वर्ष २०२२ का महासचिव लोकमणि भट्टराईले बताए ।

    272320283_348942353900491_9175427658972217627_n.jpg

    यसअघि संस्थाले वर्ष २०२२ को पहिलो कार्यक्रम अन्तर्गत ह्वील चेयर वितरण गरेको थियो ।