२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

विदेशी मुद्राको संचिति घटेपनि डुब्ने स्थिति छैन : शाह

सोमवार , माघ १७, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares

  • भैरहवा, १७ माघ । 
    सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ट्रंक लाइनको शुल्क उद्योगीले तिर्नुपर्ने बताएका छन् । भैरहवामा पोर्ट मिडियाले आयोजना गरेको संवाद तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति शाहले ट्रंकलाइन उपभोग गरेका उद्योगले त्यसवापतको वक्यौता शुल्क तिनुपर्ने बताए । 

    ‘संसद्को सार्वजनिक लेखा समितिले ८ अर्ब बढी बिद्युत महशुल असुल गर्नका बिद्युत प्राधिकरणलाई पत्राचार गरेको छ, सभापति शाहले भने, ‘यो वक्यौता जसरी पनि उठाउनुपर्छ ।’

    पूर्व अर्थ राज्यमन्त्री समेत रहेका शाहले अहिले नेपालमा विदेशी मुद्राको संचिति घटेपनि डुब्ने स्थिति नरहेको बताए । आयात अत्याधिक मात्रामा रहेकोले केही आर्थिक मन्दी आएको सांसद शाहको भनाइ थियो ।

    ‘यसको मुख्य कारण अहिले विदेशी मुद्रा बाहिर जानु नै हो, यसलाई सन्तुलन गर्न राष्ट्र बैंकले प्रतित पत्रमा विलासिताका सामान आयात गर्दा केही कडाइ गरेको छ, त्यसै गरी राष्ट्र बैंकले बैक ग्यारेण्टीवापतको र स्थानीय तहमा पठाउने रकम वाणिज्य बैंकमा राख्यो भने पनि बजारमा पैसाको अभाव देखिदैन त्यसका लागि हामीले समितिमार्फत कुरा राखेको छ, उनले भने ।’

    स्थानीय तहहरुले पनि अब विकास निर्माणका काम गर्न पूंजीगत खर्च खर्चिने भएकोले छिट्टै नै बजारमा देखिएको तरलता अभाव केही हदसम्ममा हटेर जाने बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई इच्छा लागेको मुद्दा मात्र चलाउने गरेको बताए । ‘सार्वजनिक लेखा समितिले पठाएको बनको मुद्दा चल्यो तर बाइडबडीको चलेन यस्तो गर्नुहँुदैन, हामीले पनि त्यसै पठाएको हुँदैन छानबीन गरेर मात्रै पठाउने गरेकोमा त्यसलाई नजरअन्दाज गर्नु हुँदैन, ’उनले भने ।