२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

थप  ३२ जनाको मृत्य, ३५४० मा कोरोना संक्रमण पुष्टि

आइतवार , माघ १६, २०७८

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौँ। नेपालमा आइतबार ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    देशभर गरिएको ९ हजार ९ सय १० पिसिआर परिक्षणका क्रममा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ एन्टीजेन परिक्षणका क्रममा ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ३२ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ । त्यस्तै थप ६ हजार ५ सय ५९ संक्रमित निको हुँदा नेपालमा ८ लाख ५४ हजार ७ सय १९ संक्रमित निको भएका छन् । हाल नेपालमा ८३ हजार ९ सय ९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।