२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रुपन्देहीमा अनुगमन तिब्र, सुपर मार्केट लगाएतका पसलमा म्याद गुर्जेका सामान बरामद

शनिवार , कार्तिक १, २०७७

बुटवल १ कार्तिक । नेपालीहरुको महान पर्व दशैं, तिहार, छड लगाएतका चाडपर्व नजिकिएसँगै रुपन्देहीमा बजार अनुगमन पनि तिब्र दिईएको छ । चाडपर्वमा खाद्यान्न लगाएतका दैनिक उपभोग्य सामाग्रीको अधिक खरिद बिक्री हुने भएकाले उपभोक्ता ठगिनु नपरोस भन्ने उद्देश्यले अनुगमन तिब्र बनाइएको हो । 

अनुगमन समितिले बुटवलको भाटभटेनी सुपर मार्केट, पैंचो पसल प्रा.ली, श्रेष्ठ सपिङ्ग सेन्टर जस्ता बुटवलका ठुला सपिङ्ग स्टोर एवं झण्डै एक दर्जन खाद्यान्न तथा किराना पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सामाग्रीको खरिद मुल्य र बिक्री मुल्य स्पष्ट नभएको, उपभोग्य समयको म्याद नाघेको, फर्म दर्ता नविकरण नभएका, कर चुक्ता नगरेका लगाएतका समस्याहरु फेला परेको बताइएको छ । म्याद नाघेका र अखाद्य बस्तुहरु बरामद गरी नष्ट गरिएको अनुगमन समितिले जनाएको छ । 

अनुगमन समितिका संयोजक एवं प्रदेश सरकार, उद्योग, बाणिज्य तथा उपभोक्ता निर्देशनालयका उपसचिव रमेश गौतमले भिडभाड हुने रुपन्देहीका केही सुपर मार्केट, सपिङ्ग सेन्टर, किराना पसल लगाएतका स्थानमा अनुगमन गरिएको बताए।

bazar anugaman.jpg

अनुगनमका क्रममा फेला परेका कमि कमजोरीहरु सच्याउन निर्देशन दिइएको र कोभिड १९ को संभावित संक्रमणलाई समेत ध्यानमा राखेर सुरक्षा सजगता अपनाउन समेत सुझाव दिइएको गौतमको भनाई छ।  यता भैरहवाका होटल तथा रेष्टुरेष्ट, किराना पसल लगाएतमा पनि अनुगमन गरिएको छ ।