२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

मनाङमा जनसंख्या भन्दा मतदाता धेरै

बिहिवार , माघ १३, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • मनाङ, १३ माघ । 

    केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसंख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्यांक विसं २०७४ को मतदाताको संख्या भन्दा कम देखिएको हो ।

    विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसंख्या थियो भने विसं २०७४ को जनसंख्या भन्दा अहिलेको संख्या २५५ ले घटेको देखिएको छ । उक्त तथ्यांक अनुसार जिल्लाको जनसंख्या भन्दा मतदाता संख्या भने बढी देखिएको छ । विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता संख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् ।

    अहिले सार्वजनिक भएको जनसंख्या भन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता संख्या भन्दा जनसंख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले संकलन गरेकामध्ये कुन चाहिँ तथ्यांक सही भनेर पहिचान गर्न मुस्किल भएको छ । जनगणना अनुसार नार्पाभूमि गाउँपालिकामा ४४२ अर्थात् सबैभन्दा कम जनसंख्या रहेको छ ।

    प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८सम्म र दोस्रो चरणमा गत कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । रासस