images

शुक्रवार, चैत्र १६ गते २०८०

नेपाली कांग्रेसका शिखण्डिहरु

नेपाली कांग्रेसका शिखण्डिहरु

images
images
images
बिहिवार, माघ १३ २०७८
बिहिवार, माघ १३ २०७८
  • नेपाली कांग्रेसका शिखण्डिहरु

    पौराणीक काव्यहरुले वर्तमान नेपाली राजनीतिलाई धेरै प्रभाव पारेको हो कि भन्ने शंका धेरै दिनदेखि लागिरहेको भए पनि यस्को वास्तविकता चाँही नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा टड्कारो रुपमा देखिन आएको कुरा एक जना पुराना कांग्रेसीले बताए।

    images
    images
    images

    उनको रुप पनि पुरानै थियो, पुरानो लुगा, मैलो भादगाउँले टोपी, हाफ सर्टमा हाफ सुइटर, कच्याक कुचुक परेको पेन्ट, भोकाएको जुत्ता । यत्रो ठूलो पार्टीको यति पुराना नेता कांग्रेसीको त्यो हालत देखेर मेरो मन अमिलो भयो, उनी आफ्नो पार्टीको अधिवेशन हेर्न धेरै टाढाबाट आएका थिए  कुनै प्रतिनिधि बनेर होइन, उनलाई आफ्नो गा.वि.स.मा नै ठाउँको ठाउँ ठहरै पारेका थिए उनका युवा साथीहरुले ।

    उनलाई ठहरै पार्ने साथीहरुसँग उनी काठमाडौँ आएका थिए आशा, विश्वास र भरोसाका साथ । एक ऐतिहासिक पार्टीका उनी पनि त एक सिपाही हुन् नि ! कसैले भनोस या नभनोस देशको माटोलाई थाहा छ । २०१७ साल पौष १ गतेको कदम पछि भारतको विजनवाडी, नक्सालवाडी, बनारस र कलकत्ता, कालिङम्पोङ, दार्जिलिङ, बागडुग्रा, गोरखपुर दुवै आफ्ना साथीहरुले अफ्ठ्यारा दिन विताएका संझनाहरु र ति संझनामा सुन्दर नेपालको कल्पनाले पुलकित पारेको उनको मनको उत्साह ऐले कम नभएपनि धरासायी हुन पुगेको उनी मान्न तयार छैनन्।

    उनलाई थाहा छ महाअधिवेशन पछि नेपाली कांग्रेसले सहि बाटो लिने छ। यही अधिवेशन हेर्न उनी काठमाडौँ आएका थिए। उनलाई राम्ररी थाहा छ  मेची अञ्चलको कांग्रसी कार्यकर्ता प्रतिवन्धित कालमा महाकाली पुगे त्यहाँका कांग्रेसी साथीहरुले कति आदर सत्कार गर्दथे, कत्रो वैचारिक बन्धनमा वाँधिएको पार्टी थियो  नेपाली कांग्रेस । ऐले समय बदलिएको छ, सत्ता र शक्ति बदलिएको छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुको पुरै मानसिकता बदलिएको छ ।

    एक ठाउँको कार्यकर्ता अर्को ठाउँमा पुग्यो भने दुश्मनलाई भन्दा नराम्रो व्यवहार गरिन्छ  यदि उसँग शक्ति  र सत्ता छैन भने उकालो, ओेरालो , भिरालो वा जस्तो सुकै अवस्थामा पनि वैचारीक साँङ्लोले बाँधिएको नेपाली कांग्रेस प्रति प्रबिद्ध व्यक्तिले सहर्ष सहयोग र सद्भाव राख्ने युगको अन्त्य भएको उस्को अनुभव छ । आफ्नो निश्चित (सत्ता) स्वार्थ पुरा गर्न सधैँ सुतेको आफ्नो साथीको छातीमा छुरा रोप्छ, आफ्नो प्रतिद्वन्दीलाई साथ लिएर । यहाँ भन्दा घृणित अवस्था अरु के होला ???

    चौधौँ महाधिवेशन पछि उस्ले जुन रुपको नेपाली कांग्रेसको कल्पना गरेको थियो, त्यसको लेस मात्र पनि आभास देखिएन । होटल, बार, भट्टीहरुमा कांग्रेस कार्यकर्ताहरुको जमात , भिड र मिटिङ देख्यो महाअधिवेशन ताका । चौतारीमा, स्कूलहरुमा हुने मिटिङहरु अब खूल्लम खुल्ला ठूला ठूला होटलहरुमा हुन थाले, सहमतिको नाममा निर्वाचनलाई क्वाप्पै खाइयो । पदहरु खुलेआम विक्रिवण्डा र भागबण्डा भए। होटलहरुमा बसेर निर्वाचन रणनीतिहरु अपनाईयो, आफ्नै साथीहरुका विरुद्ध.... छि! छि! छि! के यस्तै कांग्रेस हो हामीले चाहेको ???

    नेपाली कांग्रेसका सकृय सदस्यहरु एउटै घरका परिवार हुन् र त्यस्मा जस्ले नयाँ सोच, विचार, दिशा दिन्छ त्यसलाई नेतृत्वमा पुर्‍याउने हो, यसैले स्वच्छ खुल्ला प्रतिस्पर्धा नेतृत्वले आत्मसात गर्नसक्नु पर्दथ्यो, त्यो गर्न पक्कै सकेन । लाज मर्ने कुरा त महाअधिवेशन पछि अधिवेशन भए केही जिल्लाहरुमा ।

    महाअधिवेशनमा हार जित हुनु सामान्य कुरा हो । जित्ने पनि कांग्रेस र हार्ने पनि कांग्रेस नै हुन् तर ऐले सम्मको चित्र हेर्दा यस्तो देखिएन , जित्नेहरु जितको उन्मादमा छन्, कस्का लागि हो यो उन्माद यसै भन्न सकिन्न । सबै साथीहरुलाई एक जुट बनाएर हिडाउन पर्ने गहन जिम्मेवारी नेतृत्व माथि आइपरेको छ तर यस्तो भइरहेको छैन । नेतृत्व लिने व्यक्तिले शिखण्डीहरुको जमातलाई महत्व दिएर नेपाली कांग्रेसको आगामी बाटो झनै कष्टकर बनाइदिएको छ।

    नेपाली कांग्रेसभित्र धेरै प्रकारका शिखण्ण्डिहरु रहेको कुरा उनी बताउँछन्। यिनै शिखण्डिहरुका कारण विगतमा पनि नेपाली कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको हो भन्ने कुराको हेक्का सबैलाई भए हुन्छ ।

    अब यिनै शिखण्डिबारे छोटो चर्चा सुनौ : 

    पहिलो  नम्बर शिखण्डि केही नबोल्ने, केही नगर्ने चूपचाप आफ्नो गुप्ताङ्ग मात्र छोपेर घर पीडिमा आउने जानेलाई इशारा गर्ने ।

    दोस्रो नम्बर शिखण्डि आपलूलाई पुरुष हुँ भन्ने घमण्ड गर्ने, बल देखाउन पनि खोज्ने र आफु पर पुरुषको ढोकामा कुर्नेस गर्ने । 

    तेस्रो नम्बरको शिखण्डि सौम्य हेर्दा भद्र महान पुरुष झैँ देखिने तर  उस्को क्षमता र शरीर ठ्याक्के शिखण्डि सँग मिल्ने ।

    महाभारतको युद्धमा शिखण्डिको बलमा भीष्मपितमहको  देहावशान भयो । यिनै शिखण्डिहरको कोप भाजन भएको नेपाली कांग्रेसको महाधिवेशन फेरि पुरानै लयमा फर्किएला वा न फर्किएला भन्न नसके पनि एउटा कुरा चाँही पक्कै भन्न सकिन्छ । पार्टी नेतृत्वले शिखण्डि व्यवस्थापन गरी समग्र कांग्रेसलाई एक ढिक्का बनाएर लग्न सक्नु नै आजको चुनौति हो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij