२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

टाटा मोटर्सको विशेष अफरसहित भैरहवामा एक्सचेन्ज क्याम्प सुरू

बुधवार , माघ १२, २०७८

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा, १२ माघ ।
    टाटा मोटर्स एक्सचेन्ज क्याम्प भैरहवामा सुरु भएको छ । एक्सचेन्जसहित विशेष अफर माघ १२ गते बुधबारदेखि माघ १३ गते बिहीबारसम्म जारी रहनेछ । टाटा मोटर्सका लागि भैरहवाको आधिकारिक विक्रेता बुद्धम अटोमार्टले एक्सचेन्ज क्याम्प सञ्चालन गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

    एक्सचेन्ज क्याम्पमा ग्राहकले विशेष अफर प्राप्त गर्ने बुद्धम अटोमार्टका प्रबन्ध निर्देशक अभिनव मयूर कसौधनले बताए । ग्राहकलाई आकर्षक एक्स्चेन्ज बोनस प्रदान गरिरहेको उनले बताए । ‘एक्सचेन्ज क्याम्पमा स्पट भ्यालुएसन तथा अन द स्पट फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ’ उनले भने । 

    ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, नेक्सन इभी, टियागो, टिगोर, एनआरजी र सफारी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ पनि गर्न सक्नेछन् । क्याम्पमा जुनसुकै ब्राण्ड तथा गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्यांकन प्राप्त हुने र टाटा कम्पनीका पुराना गाडीसंँग एक्सचेन्ज गर्दा लोयल्टी बोनस प्राप्त हुने उनले जानकारी दिए । सर्वसुलभ फाईनान्स सुविधा, अत्याधुनिक प्रविधि, सहज र सहुलियत पार्टस पुर्जाको उपलब्धता र सही सर्भिसिङ्ग सेवा दिँदै आएको यसका उत्पादनहरुमा ग्राहकको आकर्षण बढ्दै गएको कसौधनले बताए । एक्स्चेन्ज क्याम्प सीमित अवधिका लागि आयोजना गरिएकाले समयमै यसको फाइदा उठाउन कम्पनीले सम्पूर्ण ग्राहकलाई समेत अनुरोध गरेको छ ।