
शुक्रवार , आश्विन ३०, २०७७
बुटवल, ३० असोज ।
रुपन्देही जिल्ला साईक्लिङ संघका सदस्यहरुको प्रभु इन्स्योरेन्स लिमिटेडमा सामूहिक दुर्घटना बिमा गरिएको छ । शुक्रबार एक समारोहकाबीच संघका अध्यक्ष पुकार थापा र इन्स्योरेन्सका शाखा प्रमुख रोहिणी श्रेष्ठकाबीच पहिलो चरणमा ५० जना साईक्लिष्टको सम्झौता गरिएको हो ।
संघका अध्यक्ष पुकार थापाले साईकलमैत्री सडक नहुँदा दुर्घटनाको सम्भावना बढी रहेकोले पहिलो चरणमा ५० जनाको बिमा गरिएको बताए । साहसिक खेलकुदको महत्वपूर्ण पाटो हुदा यसको विकासमा संस्थागत रुपमा लागेको उनले बताए । जिल्लाको साधारणसभासंगै सदस्यता खुल्ला र सामुहिक दुर्घटना बिमा गरिएको अध्यक्ष थापाले बताए । बिमांक रकम २ लाख रहेको बिमाको पोलिसी अनुसार जोखिम रकम उपलब्ध हुने उनले बताए ।
लकडाउनको समयमा साईकल क्रेज र साईक्लिष्टहरुको संख्या बढेको भन्दै संघका वरिष्ठ उपाध्यक्ष धिरन तुलाधरले साईकलमैत्री पुर्वाधार र विकासमा संस्थागत रुपमा लागेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij