
कारहरुको विक्रीवितरण पनि सुरु
शुक्रवार , आश्विन ३०, २०७७
भैरहवा, ३० असोज ।
नेपालको लागी दक्षिण कोरियाली अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि.ले भैरहवा क्षेत्रमा किया कारको विक्री, वितरण र विक्री पछिको सेवाको जिम्मा (डिलरशिप) मोर ग्रुपअन्तरगतको वरुण मोटर्सलाई दिएको छ ।
यो ग्रुप खनिज, वैंक तथा वित्त उत्पादनमूलक, खाद्यान्न, साथै रियल स्टेट क्षेत्रमा समेत ख्याती कमाएको व्यावसायिक घराना हो र यो ग्रुपले तीन वर्ष अघि अटोमोबाइल्स क्षेत्रमा समेत प्रवेश गरेको थियो ।
ग्रुपका अध्यक्ष रमेश कुमार अग्रवाल भैरहवा क्षेत्रका विभिन्न सामाजिक र व्यापारिक संस्थाहरुमा अग्रणी व्यक्तित्वका रुपमा रहेका छन् । अहिले ग्रुपका निर्देशकद्वय राहुल अग्रवाल र बरुण कुमार अग्रवालले व्यवसाय हेर्दै आएका छन् । ग्रुपले भैरहवामा कियाको विक्री वितरणको जिम्मा लिएपछि कियाका साथ आफूहरु गुणस्तरमा उपल्लोतहकोे ब्राण्डसंग जोडिएको छ ।
वरुण मोटर्सले कियाका सुबै ब्राण्डहरुका कारहरु विक्री गर्ने मात्र नभइ विक्री पछिका सबै सेवाहरु प्रदान गर्ने र आधुनिक सर्भिस सेन्टर समेत उपलब्ध रहेको अध्यक्ष अग्रवालले बताए ।
कियाका कारहरु विक्रीवितरणको जिम्मासंगै वरुण मोटर्सले कियाको लोकप्रिय एसयुभी सेल्टोस, सोनेट र स्र्पोटेजको विक्री, वितरण तथा प्रवद्र्धन कार्य समेत सुरु गरेको निर्देशक राहुल अग्रवालको भनाइ छ ।
भैरहवा बजारमा सेल्टोस
अहिले मुख्य रुपमा सेल्टोस विश्व अटो बजारमा निकै लोकप्रिय बन्दै गएको छ । सेल्टोस कियाको भारतमा उत्पादन भई नेपाल भित्रिएको पहिलो गाडी हो । यसअघिका कियाका गाडीहरु कोरियाबाटै आयात हुन्थे । कियाले सन् २०१९ मा भारतमा प्लान्ट राखेर उत्पादन सुरु गरेको हो । सेल्टोस भारतीय बजारमा प्रवेश गरेको १० दिनमै सर्वाधिक विक्री हुने मिड–एसयुभि बन्न सफल भएको थियो । भारत ६ इञ्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभि पारखीहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको र भैरहवा क्षेत्रमा पनि धेरैले मन पराइसकेको र अहिले सम्म २० वटा बुकिंग भइसकेको वरुण मोटर्सले जनाएको छ ।
भारतमा सेल्टोस धेरै लोकप्रिय भइसकेको छ र नेपालमा पनि धेरैले रुचाएका छन् । भारतमा ११ महिनामै १ लाख भन्दा बढी सेल्टोस र सोनेट कार विक्री भएका थिए । सेल्टोसमा १० इञ्चको स्क्रिन, बोस म्युजिक सिष्टम, फ्रन्ट र व्याक एलईडी लाइट, एअर प्युरिफायर, डि कट स्टेरींग, युभि ग्लास, भेन्टीलाटेड सीट र अन्य विशेषता रहेको कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रा.लि.का डिलर डेभलपमेन्ट म्यानेजर रवि जि.सी.ले बताए ।
अन्य कम्पनीका ज्यादै मंहगो गाडीहरुमा रहेका प्राय सबै बिशेषताहरु यो गाडीमा रहेको र मुल्य समेत अन्यको तुलनामा कम रहेकोले यसमा सबैको आकर्षण बढेको छ जि.सी.ले बताए ।
‘भारतमा निर्माण भएकाले यसका सामानहरु सुपथ मुल्यमा बजारमा पाइने भएकाले झन सजिलो हुनेछ र सर्भिस सेन्टरमा २४ घन्टा नै सेवा उपलब्ध हुनेछ, उनले भने । गाडीको मूल्य ४९ लाख ९० हजारदेखि ७६ लाख ९० हजारसम्म रहेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij