सोमवार , माघ १०, २०७८
काठमाडौं, १० माघ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवं किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे ।
“पेट्रोलियम पदार्थ प्रत्यक्षरुपमा उपभोग गर्ने यातायात व्यवसायी र आम उपभोक्ता वर्गलाई प्रत्यक्ष असर पर्ने गरी नेपाल आयल निगमले पटकपटक मूल्यवृद्धि गर्नु दुःखद कुरा हो, मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ ।
पेट्रोलियम पदार्थको हालसम्म गरिएको मूल्यवृद्धि फिर्ता नलिएमा महासंले थप निर्णय लिने विज्ञप्तिमार्फत उल्लेख गरिएको छ । रासस
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij