
शुक्रवार , आश्विन ३०, २०७७
भैरहवा, ३० असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रले सुम्पेको जिम्मेवारी पुरा गर्न प्रहरी संगठन काविल सावित भएको बताएका छन् । उनले सिमित साधनश्रोतका बाबजुद अपराध नियन्त्रण, अनुसन्धान र ट्राफिक व्यवस्थापन एंव समग्र शान्ति सुरक्षा कायम गर्दै जिम्मेवारी पुरा गर्न प्रहरी काविल सावित भएको बताए ।
६५ औं प्रहरी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपाल प्रहरी स्थापनादेखि विभिन्न आरोह-अवरोह थिचोल्दै यहाँसम्म आइपुगेको बताए । ‘समाजमा शान्ति सुरक्षा बहालीका क्रममा अहिलेसम्म भएका कामको समिक्षा गर्दै बदलिदो सामाजिक चरित्रलाई सुक्ष्म रुपमा विश्लेषण गर्दै प्रभावकारी कामका लागि प्रहरी संगठनको ध्यान जाने मैले विश्वास लिएको छु, उनले भने ।
‘यतिबेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा छौं, प्रहरी संगठन पनि संघीय शासन प्रणाली अनुरुप नयाँ ढाँचामा व्यवस्थापन गर्न गृहकार्य अघि बढेको छ, प्रहरी संगठनलाई छिटो संघीय शासन प्रणाली अनुरुपको ढाँचामा व्यवस्थापन गर्न सक्दा प्रहरी संगठन अझ काविल र चुस्त हुनेछ । समाजमा बढिरहेका सुरक्षा चुनौतीको सामना गर्दै सबल र सक्षम प्रहरी संगठनको पहिचान बनाउन नयाँ सांगठनिक ढाँचाले अवश्य बल पु¥याउने नै छ, शुभकामना सन्देशमा भनिएको छ ।
केन्द्रीकृत र एकात्मक शासन प्रणालीलाई विस्थापित गरी मुलुक संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयनको चरणमा आइपुग्दा नागरिकका अपेक्षा चुलिएका मुख्यमन्त्री पोखरेलले भनाइ छ । सेवा प्रवाह छिटो, छरितो र चुस्त हुनुपर्ने तथा शान्ति सुरक्षाको पूर्णतः ग्यारेण्टी हुनुपर्ने नागरिकको मागको सम्बोधन प्रहरी संगठनले गर्नुपर्ने उनले बताए ।
‘अपराध अनुसन्धान र नियन्त्रणको कामलाई प्रभावकारी बनाई शान्ति सुरक्षा बहाली गर्न इमान्दारी र निष्ठापूर्वक काम गर्ने प्रहरी जनशक्ति आवश्यक छ, प्रहरी—नागरिक साझेदारी मार्फत प्रहरी संगठनलाई अझ गतिशील बनाउने जिम्मेवारी पूरा गर्न सक्दा बदँलिदो समाजमा प्रहरीप्रति नागरिकको विश्वास अझै बढ्नेछ । नागरिकसंगको सहकार्य र हातेमालोबाट प्रहरी संगठनले समाजमा प्रभावकारी उपस्थिति देखाउन सक्ने र आफ्नो छवि उज्जवल बनाउन सक्ने भएकाले नागरिकसंगको सुमधुर सम्बन्धलाई ध्यान दिन म हार्दिक अपील गर्दछु, शुभकामा सन्देशमा भनिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij