२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

भैरहवामा पाँचदिने अचार बनाउने तालिम

सोमवार , माघ १०, २०७८

भैरहवा, १० माघ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का महिलाहरुलाई लक्षित गरी पाँचदिने अचार बनाउने तालिम कार्यक्रम सम्पन्न भएको छ । वडाभित्र स्थायी रुपमा बसोबास गर्दै आएका महिलाहरुलाई वडा नंम्बर १२ कार्यालयको आयोजनामा माघ ३ गतेदेखि ७ गतेसम्म तालिम सञ्चालन भएको थियो ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष करुञ्जन कुमार श्रेष्ठले सिपलाई व्यवहारमा लागू गरी व्यवसायिक रुपमा अगाडी बढ्दै आत्मनिर्भर हुन सके मात्र तालिमको उद्देश्य पुरा हुने बताए । उनले आजको आवश्यकता हेरी उत्पादन भएका अचारलाई विक्रीवितरण गर्न सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गरे । 

वडा सदस्य कुमार गुरुङले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न आग्रह गरे । समाजसेवी सुशिल कुंवरले आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

तालिम कार्यक्रमको संयोजक समेत रहेकी वडा सदस्य दु्रपदा पनेरुले तालिम सिकेका महिलाहरुले सानो उद्योग÷व्यवसाय सञ्चालन गर्न सक्ने बताइन् । उनले सहकार्य र समन्वय गर्न सदा सदैव तयार रहेको बताइन् । 

प्रमुख प्रशिक्षक रन्जना पाण्डेलेले यस्तो किसिमको शिप प्रयोग गरी महिलाहरुले थोरै लगानीमा व्यवसाय सुरु गर्न सकिने सुझाव दिइन् ।। वडा सदस्य सीता कुमारी वि.क.ले आगामी दिनमा समूह गठन गरी व्यवसायिक रुपमा लगानी हुने गरी कार्यक्रम ल्याउन प्रतिवद्धता व्यक्त गरिन् । 

सिद्धार्थनगर नगरपालिकाका शाखा अधिकृत कमलकान्त खनालले व्यक्तिगत रुपमा नभई समुह दर्ता गरी अचार उत्पादन गर्दा लागत पनि कम हुने र विक्री वितरणमा समेत सहयोग पुग्ने बताए । तालिममा ३३ जनाको सहभागिता रहेको वडा सदस्य कुमार गुरुङले बताए ।