
आइतवार , माघ ९, २०७८
भैरहवा, ९ माघ ।
भन्सार विभाग तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको संयुक्त आयोजनामा विद्युतीय भन्सार राजस्व भुक्तानी प्रणालीसम्बन्धी अनलाइन तालिम सम्पन्न भएको छ ।
भन्सार विभागले आयातनिर्यात गर्दा विद्युतीय भन्सार राजस्व भुक्तानी प्रणाली लागू गरेको विषयमा जानकारी दिने तथा सो प्रणालीबारे आयात निर्यातकर्ताहरुलाई जानकारी दिने उद्देश्यले एकदिने जुममार्फत तालिम सञ्चालन गरिएको संघले जनाएको छ ।
तालिममा बोल्दै संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले संघको आग्रहमा भन्सार विभागले तालिम आयोजना गरेको भन्दै विभागलाई धन्यवाद दिए । तालिमको महत्ववारे भन्सार विभागका निर्देशक मनिराम पौडेलले प्रकाश पारेका थिए ।
त्यस्तै विभागका अधिकृत रमेश सुकमनीले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । तालिममा विभिन्न उद्योग वाणिज्य संघका अध्यक्षसहित करिब ५० जना आयात निर्यातकर्ताहरुको सहभागिता रहेको कार्यक्रम संयोजक तथा कार्यसमिति सदस्य कृष्ण प्रसाद घिमिरेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij