
बिहिवार , आश्विन २९, २०७७
अर्घाखाँची, २९ असोज ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आन्तरिक राजस्व करदाता सेवा कार्यालय खुलेको छ । कार्यालय खुलेपछि यहाँका सयौ करदाता लाभान्वित हुने भएका छन । यो संगै यस अघि कर तिर्न कृष्णनगर दुई/तीन दिन समय बिताएर जानुपर्ने बाध्यता हटेको छ । अनावश्यक कागजात नपुग्ने, कर्मचारीले दुःख दिने गर्दा कर तिर्न कृष्णनगरमा सास्ती हुँदै आएको सेवाग्राहीको भनाइ छ ।
आफ्नै जिल्लामा आन्तरिक राजस्व करदाता सेवा कार्यालय खुलेपछि यहाँका व्यवसायी खुशी भएका छन । कार्यालयबाट व्यवसाय दर्ता, लेखा दर्ता, कर चुक्ता कर दाखिला पाना नम्बर वितरण बजार अनुगमन लगायतका सेवा प्रवाह हुने कार्यालय प्रमुख कर अधिकृत रघुनाथ पराजुलीले बताए ।
त्यस्तै २० लाखसम्म कारोबार भएका व्यवसायीले असोज मसान्त भित्रमा कर बुझाएमा ७५ प्रतिशत छुट हुने र २० लाखदेखि ५० लाख कारोबार हुने व्यवसायीले कर बुझाएमा ५० प्रतिशत छुट हुने पराजुलीले जानकारी दिए । साथै सो रकम समयमा नबुझाएमा जरिवाना शुल्क लाग्ने समेत कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij