२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

बिहिवार , माघ ६, २०७८

काठमाडौं, ६ माघ ।
विभिन्न विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । अनेरास्ववियु, अखिल पाँचौँ, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, राष्ट्रिय विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल क्रान्तिकारी र राष्ट्रवादी विद्यार्थी संगठनसहित ७ विद्यार्थी संगठनले आज विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा तीन रुपैयाँ र हवाई इन्धनमा पाँच रुपैयाँ वृद्धि गरेको छ । “समायोजन गर्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाइ आयल निगमले चुहावट नियन्त्रणमा पटक्कै ध्यान नदिने, घाटा हुँदा पनि आफ्ना कर्मचारीलाई बोनस र भत्ता वितरण गर्ने तथा कर्मचारीको मनोमानीलाई लुकाएर निगमलाई निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटकपटक मुल्य वृद्धि गर्ने कदम प्रति विद्यार्थी संगठनहरु खेद व्यक्त गर्न चाहन्छौँ” विज्ञप्तिमा उल्लेख छ । रासस