२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

भैरहवामा खुल्यो ‘द ग्राण्ड किचन’

बिहिवार , माघ ६, २०७८

भैरहवा, ६ माघ ।
भैरहवामा ‘द ग्राण्ड किचन’ सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित जनकपथमा करिब डेढ करोडको लगानीमा होटल सञ्चालनमा आएको हो । होटलमा नेपाली, इण्डियन खानाका साथै २५ प्रकारको कफीको स्वाद लिन पाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

भैरहवा क्षेत्रमा रहेका कर्पोरेट क्षेत्रलाई लक्षित गर्दै होम डेलीभरीको व्यवस्था समेत गरिएको द ग्राण्ड किचनका सञ्चालक उमेश आचार्यले बताए । पारिवारिक वातावरणमा विभिन्न परिकारका स्वादको आनन्द लिन सकिने उनले बताए । होटलमा हाल बिहान ११ बजेदेखि राती ९ बजेसम्म सेवा प्रदान गरिने उनले जानकारी दिए । होटलमा पुस्तकालयको समेत व्यवस्था गरिएको उनले बताए ।

बालबालिकालाई लक्षित गरी ‘किड्स मेनु’ हरेक शनिबार बिहानको नास्ता, हरेक शुक्रबार’ ह्याप्पी हावर’ लगायतको सुविधाहरु ग्राहकले लिन सक्ने आचार्यले बताए ।

त्यस्तै होटलमा शाकाहारी खाना २ सय ५०, चिकन खाना ३ सय ५० र मटन खाना ४ सय रुपैयाँ रहेको सञ्चालक राजु रिजालले बताए । होटलमा कन्फ्ररेन्स हलको समेत व्यवस्था रहेको रिजालले जानकारी दिए ।


272201518_126532599864741_8968614561223115766_n.jpg