२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

अर्घाखाँची सिमेन्टले बाड्यो ३५ हजार थान मास्क

बिहिवार , आश्विन २९, २०७७

  • 7.8K
    Shares
  • 7.8K
    Shares
  • भैरहवा, २९ असोज ।
    अर्घाखाँची सिमेन्ट प्रा.लि. सियारी–२, रुपन्देहीले ३५ हजार थान बढी निःशुल्क मास्क वितरण गरेको छ । ‘कोरोना भाइरसबाट बच्न मास्कको प्रयोग गरौं’ भन्ने नाराका साथ बुधबार र बिहीबार दुई दिनमा विभिन्न स्थान गरी ३५ हजार बढी एननाइटी फाइभ मास्क वितरण गरिको अर्घाखाँची सिमेन्ट प्रा.लि.का महाप्रबन्धक उद्धव बहादुर कार्कीले बताए । 

    प्रा.लि.का बजार व्यवस्थापक निलकण्ठ खनालका अनुसार सियारी गाउँपालिका रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही, नेपाल विद्युत प्राधिकरण भैरहवा, अमुवा, जिल्ला प्रशासन पाल्पा,माथागढी गाउँपालिका पाल्पा, श्रीडांडा, देवदह नगरपालिका रुपन्देही, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा,  गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, कोरोना विशेष अस्थायी अस्पताल बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल, जिल्ला प्रशासन नवलपरासी लगायत भैरहवाको मिलनचोक, विद्रोही चोक र बुद्धचोकमा मास्क वितरण गरिएको हो ।

    प्रा.लि.का बजार व्यवस्थापक निलकण्ठ खनाल, पर्चेज म्यानेजर अनिल कुमार गुप्ता, विरचन्द यादव लगायतले मास्क वितरण गरेका थिए ।