images

शनिवार, बैशाख १५ गते २०८१

चितवन कोरोनाको उच्च जोखिममा 

चितवन कोरोनाको उच्च जोखिममा 

images
images
images
मंगलवार, माघ ४ २०७८
मंगलवार, माघ ४ २०७८
  • चितवन कोरोनाको उच्च जोखिममा 

    चितवन, ४ माघ ।
    चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता संक्रमण निरन्तर बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । सक्रिय संक्रमित ५ सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना संक्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ सक्रिय संक्रमित रहेकामा माघ २ गते परीक्षण गरिँदा १९० जनमा कोरोना संक्रमण देखिएको छ । जिल्लामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ८२८ पुगेको छ । 

    images

    आइतबार जिल्लाका चार प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षण गर्दा १५० जनामा र एन्टिजोन परीक्षण ९० जनाको गरिँदा ४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित प्रतिशत ३७ पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण बढ्दै जान थालेको उनको भनाइ छ । गत पुस २६ गते जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ११९, २७ गते १६२, २८ गते २४० र २९ गते ३२७ रहेको थियो । अहिले जिल्लामा दैनिक कोभिड–१९ परीक्षण दर र संक्रमण दर बढ्दै गएको छ । 

    गत पुस ३० गते ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा संक्रमण देखिएको ढकालले जानकारी दिए । उक्त दिन ३६० जनाको परीक्षण गर्दा १३५ मा कोरोना संक्रमण देखिएको थियो । शनिबार जिल्लाका दुई पीसीआर ल्याब (चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल)मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । तथ्यांक अनुसार २२५ को परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो । 

    जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएका छन् भने ८०२ जना होम आइसोलेशनमा छन् । यहाँ हालसम्ममा २८ हजार ६८ जना संक्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन् । कोरोनाबाट ४३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका छन् ।

    यस्तै संक्रमितमध्ये खैरहनी नगरपालिकाका २७, माडी नगरपालिकाका १५, रत्ननगर नगरपालिकाका ७२, राप्ती नगरपालिकाका १९ र कालिका नगरपालिकाका १६ छन् । संक्रमित बढे पनि जिल्लामा सावधानी भने अपनाएको पाइँदैन । मास्कको प्रयोग बढे पनि भीडभाड कायमै छ । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij