
बुधवार , आश्विन २८, २०७७
तिलोत्तमा, २८ असोज ।
टाकुरा बचत तथा ऋण सहकारी संस्थाको नवौँ साधारणसभा बुधबार सम्पन्न भएको छ । अनलाइन प्रविधिमार्फत सम्पन्न साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषध्यक्षको आर्थिक प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
कार्यक्रममा अध्यक्ष रमेश ज्ञवालीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष विरेन्द्र रानाले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक शंकर गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष रमेश ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष रजनिसचन्द्र गुप्ताको स्वागत तथा सचिव राजेन्द्र कुंवरको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार खेमराज खनालले शुभकामनामन्तब्य राख्नुभएको संस्थाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij