images

शुक्रवार, बैशाख ७ गते २०८१

राष्ट्रिय युवा संघ सिद्धार्थनगर–७ को अधिवेशन, अध्यक्षमा काफ्ले

राष्ट्रिय युवा संघ सिद्धार्थनगर–७ को अधिवेशन, अध्यक्षमा काफ्ले

images
images
images
आइतवार, माघ २ २०७८
आइतवार, माघ २ २०७८
  • राष्ट्रिय युवा संघ सिद्धार्थनगर–७ को अधिवेशन, अध्यक्षमा काफ्ले

    भैरहवा, २ माघ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आकाश काफ्लेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    जसको उपाध्यक्षमा गौतम श्रेष्ठ, सचिवमा सुमित पराजुली र उपसचिवमा रवि खाती रहेका छन् ।

    images
    images
    images

    त्यस्तै सदस्यहरुमा राजेन्द्र खाती, राहुल, आशिष उपाध्याय, निसान्त भट्टराई, नरेश टमटा, कमल आचार्य, सन्दिप काफ्ले, इन्द्रनाथ, सुरज उप्रेती, सफल भट्टराई, सुरज ढकाल, आर्यन ठकुरी, रोशन खत्री, विपिन गुरुङ र सन्दिप पञ्जियार रहेका छन् ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीले युवा संघ सिद्धार्थनगरले रचनात्मक तथा सामाजिक कार्य गर्दै आएको बताए ।

    कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सीमित उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम गरिएको राष्ट्रिय युवा संघ, सिद्धार्थनगरका सचिव रोशन बहादुर थापाले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij