२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लायन्स रिजन ३० को आयोजनामा स्वास्थ्य सामग्री प्रदान

बुधवार , आश्विन २८, २०७७

बुटवल, २८ असोज ।
लायन्स इन्टरनेशनल ३२५ बी २ नेपाल अन्र्तगत एरिया ४ मा रहेको रिजन ३० को आयोजनामा मंगलबार गुल्मीको कालीगण्डकी गाउँपालिकामा रहेको भगवती मा.वि. अर्बेनीमा औषधीजन्य सामग्री प्रदान गरिएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको क्षति न्युनीकरणका पुर्व सचेतना स्वरुप विद्यालयमा स्वास्थ्य सामग्री प्रदान गरिएको हो । सिप्ट अनुसार कक्षा सञ्चालन भएको विद्यालयका विद्यार्थीहरु र शिक्षकहरुलाई अटोमेटिक सेनिटाइजर मेसिन १ थान, २ हजार पिस माक्स, १२ ग्यालेन सेनिटाइजर, १२ पिस स्पेर, थर्मल गन, प्रत्येक कक्षा कोठामा कोरोना सचेतनाचाट हस्तान्तरण गरिएको रिजन चेयरपर्सन एम.जे.एफ आशिष कृष्ण श्रेष्ठले बताए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै रिजन चेयरपर्सन आशिष कृष्ण श्रेष्ठले सामाजिक कार्यमा आफ्नो क्षेत्रमा सिमित नरहेर जहाँ समस्या छ त्यहाँ पुग्ने बताए ।

कार्यक्रममा लायन्स क्लब बुटवल फुलबारी, लायन्स क्लब अफ बुटवल डायनामिक लेडिज, लायन्स क्लब अफ बुटवल सनसाइन, लायन्स क्लब बुटवल फुलबारी, लायन्स क्लब बुटवल स्मार्ट सिटी, लायन्स क्लब अफ बुटवल सनसार, लायन्स क्लब अफ बुटवल सनसार, लायन्स क्लब बुटवल स्टार्स सहभागिता रहेको थियो । 

हस्तान्तरण कार्यक्रामा एरिया ४ चिफ एम.जे.एफ सन्दिप कसौधन, जोनचेयरपर्सनद्वय शान्ति पाठक पाण्डे, एमएल पाण्डे लगायत विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।