२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कोटिहवामा कार अनियन्त्रित भएर बुद्धमूर्तिमा ठोक्कियो, श्रीमान् श्रीमती गम्भिर घाइते

शनिवार , माघ १, २०७८

भैरहवा, १ माघ । 
भैरहवा बुटवल सडकखण्डको कोटिहवामा कार दुर्घटनामा परेको छ । बुटवलबाट भैरहवातर्फ आउँदै गरेको बाग्मती प्रदेश एक ०२६ च ५७७२ नम्बरको रोतो स्वीफ्ट कार आफै अनियन्त्रित भइ दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ । 

कार अनियन्त्रित भएर सडकको बीच डिभाईडरमा रहेको बुद्धको मूर्तिमा ठोक्किदा मूर्ति ढलेर क्षति पुगेको छ भने कारमा पनि पूर्ण क्षति पुगेको छ । 

दुर्घटनामा परी कारका चालक र कारमा सवार महिला गम्भिर घाइते भएको र उनीहरुको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । 

कारमा सवार दुईजना श्रीमान् श्रीमती रहेको प्रहरीले जनाएको छ । कारका चालक तिलोत्तमा नगरपालिका–१५ का ४५ वर्षिय गणेश गुरुङ र उनकी श्रीमती ४० वर्षिय सकुन्तला गुरुङ रहेका छन् । सकुन्तला गुरुङ गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।