२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मन्त्रीपरिषद् पुनःगठन: महासचिव पौडेललाई अर्थको जिम्मेवारी, पोखरेलको रक्षा खोसियो

बुधवार , आश्विन २८, २०७७

काठमाण्डौ, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिषद् पुर्नःगठन गरेका छन् । प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । 

यसअघि अर्थमन्त्री रहेका डा युवराज खतिवडा संवैधानिक रुपमा मन्त्रीमा रहिरहन नमिल्ने भएपछि उनले राजीनामा दिएसँगै अर्थमन्त्रालय पद रिक्त रहँदै आएको थियो । 

यस्तै कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बनेका छन् । त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।

यस्तै यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रीहरुमा भने यसअघिकै यथावत रहेका छन् । 

mantri 1.jpg