२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

रुपन्देहीमा १२ लाख बढीको अवैध ब्रोईलर कुखुरा बरामद

शनिवार , माघ १, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १ माघ ।
    रुपन्देही प्रहरीले १२ लाख बढीको अवैध ब्रोईलर कुखुरा बरामद गरेको छ । अवैध कुखुराको मासुविरुद्धको कारवाहीमा भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको १२ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–११ डाँडागाउँमा नवलपरासीको बर्दघाट नगरपालिका–६ बस्ने ३२ वर्षिय रविन्द्र नेपालले चलाएको लु ३ च ४२५८ नम्बरको पीकअप जीपमा ३६५ पिस कुखुरा बरामद गरेको हो । 

    स्थानीयको रोहबरमा पीकअप जीपसहित कुखुरा बरामद गरी आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।