images

शुक्रवार, बैशाख १४ गते २०८१

गाडीमा डष्टबिनको अनिवार्य व्यवस्था मिलाउन निर्देशन

गाडीमा डष्टबिनको अनिवार्य व्यवस्था मिलाउन निर्देशन

images
images
images
शुक्रवार, पौष ३० २०७८
शुक्रवार, पौष ३० २०७८
  • गाडीमा डष्टबिनको अनिवार्य व्यवस्था मिलाउन निर्देशन

    भैरहवा, ३० पुस ।

    images

    पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले मातहतका सम्पूर्ण व्यवसायी, चालक, परिचालक, हेल्पर तथा शाखा इञ्चार्जहरुलाई गाडीभित्र अनिवार्य रुपमा डष्टबिनको व्यवस्था गर्न/गराउन निर्देशन दिएको छ । तिलोत्तमा नगरपालिकाको पत्र अनुसार प्रा.लि. ले गाडीमा निस्कने फोहोरमैला डष्टबिनमा राखी फोहोरमैला फाल्ने ठाउँमा मात्र फाल्न निर्देश गरेको हो ।

    प्रा.लि. ले यात्रुहरुलाई पानीका खाली बोत्तल, कागज, प्लाष्टिक वा अन्य फोहोरहरु बाटोमा फाल्न नदिन पनि सम्पूर्ण व्यवसायी व्यवसायी, चालक, परिचालक, हेल्परलाई निर्देशन दिएको छ । निर्देशनको बोधार्थ तिलोत्तमा नगर प्रमुख, उप–प्रमुख, वातावरण शाखा तथा नगरस्तरीय टोल विकास संस्थालाई पठाइएको छ । जथाभावी फोहोरमैला फालेको पाइएमा सम्बन्धित निकाय, प्रशासनद्धारा फोहोरमैला व्यवस्थापन ऐन तथा कार्यविधिअनुसार कारवाही एवं दण्ड जरिवाना हुने प्रा.लि. जारी निर्देशन पत्रमा स्पष्ट पारिएको छ ।

    तितलोत्तमा नगरपालिकाले प्रा.लि. मातहत सञ्चालित बसहरुमा डष्टबिनमा अनिवार्य व्यवस्था गर्ने व्यवस्था मिलाउन पुस २० गते पत्राचार गरेको थियो । पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषित तिलोत्तमामा गाडीबाट फालिने फोहोरको कारण सडकमा प्रदुषण बढेको पाइएपछि पश्चिम नेपाल बस व्यवसायी लगायतका यातायात संघ–संस्थालाई आवश्यक सहयोगको लागि आग्रह गरिएको थियो । 

    तिलोत्तमामा हरेक महिनाको १ र १५ गते नियमित सरसफाई हुँदै आएको छ भने टोल विकास संस्थाहरुले आ–आफ्नो अनुकुलतामा शनिबार वा सार्वजनिक बिदाको दिन नियमित सरसफाई गर्दै आएका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij