शुक्रवार , पौष ३०, २०७८
भैरहवा, ३० पुस ।
रुपन्देही प्रहरीले भारतबाट अवैध ब्रोईलर कुखुरा र कुखुराको मासु बरामद गरेको छ । अवैध कुखुराको मासुविरुद्धको कारवाहीअन्तर्गत बिहीबार ३ लाख ३९ हजार २ सय रुपैयाँ बराबरको अवैध कुखुरा र मासु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।
भारतबाट अवैध रुपमा तर्फ ल्याउँदै गरिएका कुखुरा तथा मासु बरामद गरी आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय बेलहिया बुझाइएको डीएसपी पौडेलले बताए ।
रुपन्देहीको मायादेवी गाउँपालिका–५ स्थित गोनहा, रोहिणी गाउँपालिका–३ स्थित बैकुण्ठपुर, वडा नम्बर ४ स्थित सुइलिहवा र सिद्धार्थनगर नगरपालिका–२ स्थित मेउडिहवाबाट कुखुरा र मासु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कुखुरा र मासु बोकेका मोटरसाइकल समेत बरामद गरी आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय बेलहिया बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij