२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

अर्घाखाँची सिमेन्टद्वारा मास्क वितरण

बुधवार , आश्विन २८, २०७७

भैरहवा, २८ असोज । 
अर्घाखाँची सिमेन्ट प्रा.लि. सियारी गाउँपालिका–२ रुपन्देहीले बुधबार निःशुल्क मास्क वितरण गरेको छ ।

‘कोरोना भाइरसबाट बच्नको लागि मास्क प्रयोग गरौं’ भन्ने नाराका साथ भैरहवास्थित मिलनचोक र विद्रोही चोकमा २ हजार बढी एननाइटी फाइभ मास्क वितरण गरिएको प्रा.लि.का महाप्रबन्धक उद्धव बहादुर कार्कीले बताए । 

प्रा.लि.का मार्केटिङ म्यानेजर निलकण्ठ खनाल, पर्चेज म्यानेजर अनिल कुमार गुप्ता लगायत कर्मचारीहरुले सर्वसाधारणलाई मास्क वितरण गरेका थिए ।