२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

इञ्जिनियर्स एशोसिएसनको निर्वाचमा सिडेनको उम्मेदवारी घोषणा 

मंगलवार , पौष २७, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल, २७ पुस । 
    नेपाल इञ्जिनियर्स एशोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो लुम्बिनी प्रदेश समितिको निर्वाचनका लागि सिडेनले उम्मेदावरी घोषणा गरेको छ । नेपाली कांग्रेस  निकट सिडेनले केन्द्र तथा प्रदेशका आफ्ना उम्मेदवारहरुको परिचयात्मक कार्यक्रमको आयोजना गर्दै बृहत इञ्जिनियरको भेला समेत गरेको हो । इञ्जिनियर्स एशोसिएसनको केन्द्रीय निर्वाचनको लागि लोकतान्त्रिक समुह सिडेनबाट केन्द्रीय अध्यक्षमा डा. हरि बहादुर दर्लामीले उम्मेदवारी घोषणा गरेका छन्  । 

    उपाध्यक्षमा नारायण प्रसाद अधिकारी, महासचिबमा रवि भुषण झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र सह–कोषाध्यक्षमा दिपक अधिकारीले उम्मेदवारीको घोषणा गरेका हुन् । 

    त्यस्तै केन्द्रीय सदस्यहरुमा सुरज चापागाई, सागर भट्टराई, विनोद बहादुर पाल, कुशलता न्यौपाने, अनुपम पराजुली, निशान नेपाल, ईश्वर पोखरेल, मनिष मल्लिक, अशेष निरौंला, हरिनारायण राय यादव, खुम बहादुर भण्डारी र विद्या बरालले उम्मेदवारीको घोषणा गरेका छन् । 

    त्यस्तै प्रदेशको सभापतिमा शैलेन्द्र प्रसाद श्रेष्ठ, उपसभापतिमा लेख बहादुर बस्नेत, सचिवमा गोविन्द पंगेनी, सह–सचिवमा अर्जुन गिरी, कोषाध्यक्षमा सन्दिप रेग्मी र केन्द्रीय सदस्यमा विश्व रञ्जन मिश्रले उम्मेदवारीको घोषणा गरेका हुन । 

    त्यस्तै सदस्यहरुमा दर्शन तिवारी, संकल्प बुढाथोकी, ईश्वर जिसी, प्रविन मिश्र, अर्जुन पाण्डेय, शोयब अहमद अन्सारी, विनय कुमारी गुप्ता, प्रविन जम्कटेल, आरती देवकोटा र विद्या भुसालले घोषणा गरेका हुन । 

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिहं पुनको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश सभापति पुनले कांग्रेस लुम्बिनीले चुनावमा मात्र नभएर सधैं कार्यकर्तासँग समन्वय गर्दै अघि बढ्ने बताए । एशोसिएसनको निर्वाचनमा कांग्रेसले सिडेनलाई सघाउने बताउँदै उनले गर्दै पेशागत हकहित र मर्यादित बनाउनको लागि लोकतान्त्रिक समूहको विजयी आवश्यकता रहेकोमा जोड दिए ।

    कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेले विकास निर्माणमा इञ्जिनियरहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै लोकतान्त्रिक संगठन सिडेनले जिते पेशागत हकहित स्थापित हुने दावी गरे । सिडेनका केन्द्रीय अध्यक्ष उमेश प्रसाद खानीले पेशागत राजनीतिकमा कम्युनिष्टले जितेर कहिल्यै उगो लाग्न नसकेको बताउँदै लोकतन्त्रवादीले जिते मात्र हकअधिकार स्थापित गर्न सकिने बताए । 

    सिडेनले आफ्नो घोषणापत्र जारी गर्दै विना कारण विकास निर्माणका कामको व्यवस्थापनमा प्रतिकूल असर पर्ने गरी जिम्मेवार पदमा रहेका इञ्जिनियरहरुलाई सरुवा गर्ने परिपाटीको अन्त्यको लागि पहल गर्ने जनाएको छ । २१ हजार ८६० मतदाताहरुको सहभागितामा माघ ७ गते सातवटै प्रदेशमा एशोसिएसनको निर्वाचन हुँदैछ ।