२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

नेपालमा एकै दिन थपिए दुई हजार ४ सय ४४ जना कोरोना संक्रमित

मंगलवार , पौष २७, २०७८

काठमाडौँ । नेपालमा मंगलबार दुई हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १० हजार ६ सय ४८ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८१ जना र ४ हजार ३ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले  जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । 

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय १३ जना निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ७ सय ९८ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ५ सय २२ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ जना क्वारेन्टाइनमा रहेमो मन्त्रालयले जनाएको छ ।