images

शनिवार, बैशाख ८ गते २०८१

पसल आगलागिका कारण आम्दानी गुमाएपछि उपचारका लागि सहयोग गर्न अपील

पसल आगलागिका कारण आम्दानी गुमाएपछि उपचारका लागि सहयोग गर्न अपील

images
images
images
मंगलवार, पौष २७ २०७८
मंगलवार, पौष २७ २०७८
  • पसल आगलागिका कारण आम्दानी गुमाएपछि उपचारका लागि सहयोग गर्न अपील

    भैरहवा, २७ पुस ।
    सिराहाको गोलबजार नगरपालिका–६ निवासी ४२ वर्षिय आनन्द कुमार साह विगत १० वर्षदेखि मृगौलीसम्बन्धी रोगबाट ग्रसित भइ उपचार गराइरहेका छन् । दुवै मृगौला फेला भएका साहले एकपटक मृगौला समेत प्रत्यारोपण गराइसकेका छन् । आर्थिक अवस्था मध्यम भएका साहले नियमित उपचार गराइरहँदा त्यति समस्या भएन । गोलबजार–६ मा रहेको किराना पसलबाट हुने आम्दानीले घर खर्च, छोराछोरीको पठनपाठन तथा उपचार खर्च चलिरहेको थियो । तर अहिले भने उपचारमा मात्र नभइ घर खर्च चलाउन समेत समस्या भएको छ ।

    images
    images
    images

    यही पुस १७ गते शनिबार राती २ बजे पसलमा आगलागि भएपछि पसलभित्रका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । पसल पूर्ण रुपमा क्षति छ । भएको एउटा मात्रै आम्दानीको स्रोत पनि गुमाएपछि अहिले यो परिवार आर्थिक संकटमा परेको छ । एक श्रीमती, ३ छोरी र १ छोरा रहेका साहलाई उपचारका साथै घर खर्च चलाउन समेत कठिन भएको छ । हाल भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत साहको परिवारमा चिन्ता थपिएको छ ।

    269582734_287238350129302_7869678450143019413_n.jpg

    सिराहाका स्थानीय डा. संजय शाह भन्छन, ‘जसोतसो एउटा पसल सञ्चालनबाट भइरहेको आम्दानी हुने स्रोत पनि गुमाएको यो परिवार बिचल्लीमा परेको छ ।  साहको उपचारका लागि सहयोग गर्न उनको परिवारले अपिल गरेका छन् । 

    साहको उपचारमा सहयोग गर्न चाहने व्यक्ति, संघ-सस्थाले आनन्द कुमार साहको नाममा कृषि विकास बैंक दुधपाटी, भक्तपुर शाखाको खाता नम्बर ०२१२२०१२११७८१०१२ वा ई-सेवा ९८५७०१५२५७ मा जम्मा गर्न सकिने डा. शाहले बताए । त्यस्तै मोबाइल नम्बर ९८१७७९९१२३ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने उनले बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij